ताप्लेजुङको सान्थाक्रामा आगलागी

साउन २ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा आज बिहान आगलागी हुँदा एक घर र मतान जलेको छ । स्थानीय दाबा शेर्पाको घर र मतान जलेर ध्वस्त भएको छ ।

बिहान करिब ३ बजेतिर आगलागी भएको थियो । घरमा सुतिरहेका तीन जना भाग्न सफल भएका थिए । चाँडै थाहा पाएपछि उनीहरु भाग्न सकेका हुन् । आगलागीबाट घर र मतानभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ ।