साउन ९ः सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गरेको हो।
कम्पनीले आज (सोमबार) ११ करोड ७६ हजार ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपिओ निष्कासन गरेको हो।
त्यसमध्ये २ प्रतिशत (२३ हजार ५२१ कित्ता) सेयर कर्मचारीहरू र ५ प्रतिशत (५८ हजार ८०३ कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छसट्याइएको छ। बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आइपिओका लागि साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयभित्र माग बमोजिम आवेदन नपरे साउन २३ गतेसम्म समय थप हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

















