साउन १३ः हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेको पाईएको छ ।
‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हु भन्दै परिचय गराउने गरेका थिए’ । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।
ट्रयापिङमा संलग्न दम्पतिमाथी थप अनुसन्धान भैरहेको प्रहरीले प्रशासनको जानकारी छ ।


















