थप ५ सय ७७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

असार १३ः पछिल्लो २४ घण्टामा पाँच सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ८२ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय ६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा चार हजार तीन सय ५६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २४ घण्टामा २८ हजार दुई सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो केहीँ हप्तादेखि कोरोना संक्रमितको संख्या दिनानुदिन बृद्धि हुदै गएको छ । स्वास्थ्य मन्त्रालयले मापदन्दको पालना गर्न समेत अनुरोध गरेको छ।