महिला अयोगकी अध्यक्ष कमला पराजुलीले आफू असुरक्षित भएको भन्दै सरकारसँग जीवन रक्षाको याचना गरेकी छन्। कुनै पनि बेला आफूमाथि कुनै पनि घटना हुन सक्ने खतरा बढेको भन्दै उनले सुरक्षा माग गरेकी हुन्।
शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा उनले आफू असुरक्षित रहेको भन्दै सरकारसँग सुरक्षा मागेकी हुन्।
केही प्रदर्शनकारी आएर आफ्नो घर अगाडी आएर प्रदर्शन गरेको सीसीटीभीको फोटो सार्वजनिक गर्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छिन्।
उनले भनेकी छिन्, ‘‘सरकार मलाई शान्ति सुरक्षा चाहियो! म उपर कुनै पनि समय, कुनै पनि घटना हुनसक्ने सम्भावना यो परिदृश्यले सङ्केत गरेको छ। दिउँसो ५ः३० बजे तस्बिरमा भएका पेशेवर व्यक्तिहरू मेरो घर र बस्तीमा आएर मेरोविरुद्ध मनपरी तथानाम नाराबाजी गरेर आतङ्क मच्चाएका छन्। यी व्यक्तिहरू किन, कसरी, कोबाट परिचालित छन्? सरकारको गम्भीर ध्यानाकर्षण होस्।’’


















