साउन १६ः वर्षाको कारण लेदोसहितको पहिरो खस्दा सोमबार बिहानैदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन) सडक अहिले भने सञ्चालनमा आएको छ ।

सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका २९ घुमाउनेमा गएको पहिरोको कारण नारायणगढ मुग्लिन सडक खण्ड बन्द भएको थियो ।
एकाबिहानै देखि दुईतर्फी जेसीभि लगाएर पहिरो सफा गरेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।अहिले यातायात सञ्चालनमा आए पनि वर्षा भने जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
माटो गलेको कारण जुनैसुकै बेला पनि पहिरो खस्न सक्ने र हालपनि पूर्णरुपमा पहिरो नरोकिएको भन्दै होसियारी अपनाउन सबै यात्रु तथा सवारिचालकलाई प्रहरीले अनुरोध गरेको छ ।

















