साउन १६ः काठमाडौंको तारकेश्वरमा आश्चर्य घटना घटेको छ एकै परिवारका चार जनाको हत्या भएको छ ।

तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेतको हत्या भएको छ ।
अनौठो कुरा उनीहरुको पहिचान भने खुलेको छैन । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेको छ ।
४ जनाको शव फेला परेको तर हत्या वा अन्य भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एकै परिवारका चार चार जना सदस्यको हत्या हुदाँसम्म पनि आसपासका छिमेकीलाई समेत केही थाहा नभएको बताएका छन् । घटना दुखद भएको कारण निकै शुष्म लेभलबाट घटनाको अनुसन्धान गर्ने प्रहरीको भनाई छ ।


















