३६ किलो गाँजासहित मोरङमा एक युवक पक्राउ

साउन १७ : मोरङ प्रहरीले ३६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

गाजाँसहित पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का २५ वर्षीय मुकेश गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुखका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ गाँजा तस्करी हुँदै गर्दा तस्कर र प्रहरीबीच जम्काभेट भएको थियो ।

तीन जनाले गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपनि प्रहरीले एकजनालाई मात्र नियन्त्रणमा लिन सफल भएको हो । बाँकी दुई जना भने प्रहरी देख्नेबित्तिकै फरार भएका थिए ।

फरार भएका दुईको खोजी भइरहेको प्रहरी श्रोतको भनाई छ। पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।