अण्डरग्राउण्ड पार्किङको ठाँउमा राखिएको सटर तत्काल हटाउन बालेनको निर्देशन

साउन १७ः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नक्सामा अण्डरग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका छन् ।

बानेश्वर क्षेत्रको फुटपाथ अवलोकनका क्रममा मेयर बालेनले फुटपाथ सफा भएपछि अब फरक प्रयोजन प्रयोग गरिएका पार्किङ क्षेत्र खाली गराउन निर्देशन दिएका हुन् ।

घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि त्यस ठाउँमा सटर हालेर पसलहरू राखिएको भेटिएको भन्दै उनले फरक प्रयोजनमा प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका हुन् ।

मेयर बालेनले अण्डरग्राउण्ड पार्किङको नक्सा पास भएको घरमा भएको पसलहरू खाली गराउन निर्देशन दिएका हुन् । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

यस विषयमा कतिपयले बालेनको चर्को विरोध गरेका छन् भने कतिपयले स्वागत योग्य काम गरेको भन्दै बालेनको तारिफ गरेका छन् ।