म्याग्दी पहिरो अप्डेट : पहिरोसंगै बग्यो एकै परिवारका ५ सदस्यको जीवन

साउन १७ : म्याग्दी जिल्लाको मालिका गाउँपालिका २ रुमको तामेङमा मंगलबार विहान करिव ३ बजे तिर गएको पहिरोमा परि बेपत्ता रहेका थप तीन जनाको शव फेला परेको छ । घरभन्दा करिव २०० मिटर माथीबाट लेडोसहित खसेको पहिरोले दुई घर पुरिदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा हराईरहेका एकै परिवारका ३ जनाको शव प्रहरी र स्थानीयबासीले खोजि गर्दा घरभन्दा केही तलको स्थानमा पुरिएको अवस्थामा भेटिएको स्थानीय बेग बहादुर विकको भनाई छ । पानीपर्नेक्रम नरोकिएकाले शव खोजी तथा उचित व्यवस्थापनमा निकै समस्या आएको उहाँले बताउनुभएको छ ।

पहिरोले घर बगाउँदा घाम बहादुर विकको एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । उहाँका अनुसार घाम बहादुरका दुई छोराहरु नविन र राजन विकको शव बिहानै फेला परेको छ ।

घाम बहादुर सहित उहाँकी श्रीमति रामु विक र छोरी रोजी विकको शव केहिबेर अघि मात्रै फेला परिएको हो । शव फेला परेसंगै प्रहरीले मुचुल्का तयार गरेको छ । त्यसैगरि सोही पहिरोमा परि गोठे र गोरी विक घाईते भएका छन । राती घरमाथिबाट पहिरो खसेको सुनेपछि भाग्दा भाग्दै उनिहरु घाईते भएका हुन ।

बेपत्ता भएकाहरुको खोजीका लागि ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरिक्षक सागर पन्तको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगको थियो । प्रहरी र स्थानीहरु मिलेर बेपत्ताको खाजी तथा घाइतेको उद्धार गरेका छन ।