साउन २०ः गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ।
गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको हो ।
बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मूल्याङ्कनमा गुल्मीलाई देशैभरिका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक वर्ष प्रतिवेदन तयार गर्दै आएको छ ।
जसअनुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।















