साउन २०ः डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ ।
काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल गर्नका लागि पार्टीको बैठक बोलाएको एक नेताले जानकारी दिएका हुन ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने पार्टीले जनाएको छ । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ ।
निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टी बर्तमान समयमा विविध समस्याको बाबजुद अगाडि बढेको दृश्य सबैमा माझ प्रस्ट रहेको बताउदै आगामी समयमालागि पार्टीमा थप छलफल र एजेण्डामाथी जिम्मेवार रहन आवश्यक रहेको श्रोतको भनाई छ ।















