युवाहरुलाई पार्टीमा मोटिभेसन दिन पनि सुनिता बराललाइ टिकेट दिईनु पर्छ:किरण बिक

मङ्सिर ४ गतेको लागी चुनाव घोषणा भैसकेको छ । दलहरु चुनाव केन्द्रित भैसके  यस्तोमा दलहरु र यसका भात्रृ संगठनहरु पनि चलायमान हुने गर्छन  यसपालीको चुनाव मुलत :दुइ पक्ष एमाले र गठबन्धन विच हुने जस्तो देखिएको छ , स्वतन्त्र अभियानहरु पनि यसपाली प्रभावशाली देखिदै छन , प्रस्तुत छ यसै सन्दर्भमा अनेरास्ववियुका केन्द्रीय सदस्य किरण बिक संग गरिएको कुराकानी ।

तपाइको माउ पार्टी एमाले कसरी अगाडी बढिरहेको छ ?

एमालेको दबाबले नै यो चुनाव घोषणा भएको हो ! यसलाई म हार्दिक स्वागत गर्दछु नत्र अरु दल खासगरी माओबादी , नेकपा एस र नेपाली कांग्रेस नै पनि सत्ता र संसदको दुरुपयोग गरिरहन पाइन्छ भनेर चुनाव फागुनमा गर्ने पक्षमा थिए ! अध्यक्ष  केपी ओलीको जब्बर अडान र एमालेको प्रष्ट विचारका कारण चुनाव हुने स्थिति आएको छ , एमाले चुनावि रणनीति बनाउन लागेको छ  पदाधिकारी नेताहरु पनि जिम्मेवार कमिटि प्रसिक्षणमा लागेका छन रणनीति बनाउन लागेका छन ! पदाधिकारी नेताहरु पनि जिम्मेवार कमिटि प्रसिक्षणमा लागेका छन ।

एमालेको आफ्नै आन्तरिक रिपोर्टमा प्रत्यक्षमा ९ वा १० र बल गरेमा ३४ सम्म एक्लै जित्ने भनिएको समाचार बाहिरिएको छ ?

अँ मैले पनि दुइ तिनटा समाचारहरुमा त्यो पढे ! जिम्मेवार नेता कमरेडहरुकै बाइट्स तेसमा थियो  निश्चय पनि एमाले यसपाली दबाबमा छ यो साचों कुरा हो , तर एमाले मुद्दामा अगाडी छ  । संगठनमा अगाडी छ  जनता संग अगाडी छ  त्यति कम आउदैन ,गृहमन्त्रीकै इन्टेलीजेन्स रिपोर्टमा एमालेको ६० कट्ने तपाइले पनि पढ्नु भयो होला ।

तपाईको आकलनमा  एमाले पहिलो दोश्रो वा तेस्रो के होला ?

मुद्दामा बलियो , संगठनमा चुस्त र जनता संग नजिक हुदा हुदै पनि चुनाव भनेको लहर र टेक्निकल विषय दुवै हो । हालसम्मको स्थिति यदि गठबन्धन यस्तै रही रहने हो र सत्ताको दुरुपयोग यस्तै रहने हो भने एमाले दबाबमा रहन्छ , हामी थोरै अन्तरले दोश्रो हुने प्रारम्भिक स्थिति देखिएको छ ! पार्टीले नै स्वीकारीसकेको अवस्थामा यसमा ढाट्नुपर्ने कुरा केहि छैन ।

अनेरास्ववियुकोभविश्य  त अन्योलमा देखियो नी कसरी अगाडी बढीरहेको छ ?
अनेरास्ववियु हाल आन्तरिक क्यालेन्डरमा चलिरहेको छ हाल यसले क्याम्पस कमिटि , जिल्ला कमिटि र प्रदेश कमिटि , तथा मातहतको कमिटि सम्मेलन तथा पुनर्गठन गरिरहेको छ ।  विस्तारै अनेरास्ववियु पनि चुनाव केन्द्रित हुदैछ  विभिन्न शैक्षिक मुद्दामा बहस , आन्दोलन र एक्टिभिज्म पनि गरिरहेकै छ   कमरेड सुनिता बरालको कमाण्डमा अखिल गतिशील भै हिडेको छ ।

 अखिल पुनर्गठन हुने हल्ला छ ? खास कुरा के हो ?

हल्ला त मैले ३-४ महिना देखि सुनेको हो तर अहिले अखिल क्यालेन्डर अनुसार नै चलिरहेको छ ! अब असोजको पहिलो हप्तामा विधान सम्मेलन छ  त्यो बेला सम्म अखिल पुनर्गठन हुदैन  विधान सम्मेलन पछी चाहि पक्कै हुन्छ । तर म मात्रै केन्द्रीय सदस्य भएको हुनाले पुनर्गठन बारे ठ्याक्कै भन्न सक्दिन  भएमा राम्रो  संगठन गतिशील हुन्छ , नयाँ नेतृत्व आउँछ अखिल सम्मेलन नहुनाले केहि नेता कमरेडहरुको ग्रोथमा ह्याम्पर गरेको छ यो अखिल पदाधिकारी टिमले ख्याल गर्नु पर्छ।

 अहिले स्वतन्त्रको लहर चलिरहेको छ त्यसले पार्टी सिस्टमलाइ कस्तो प्रभाव पार्ला ? के देख्नु हुन्छ तपाइँ ?

कतिपय पार्टी नेताहरुले कुनै असर नै पर्दैन जस्तो गरिराख्नु भएको छ वास्तवमा तेस्तो होइन असर त अवस्य पर्छ नै  यो पार्टी प्रणाली प्रतिको बितृष्णा हो । तर समाज सधै नयाँ र युवाको खोजीमा हुन्छ , यो एउटा गतिशील समाजको चिन्ह पनि हो ।  लोकप्रिय मान्छेहरु  ति स्वतन्त्र अभियन्ताहरु किन दलहरुमा आउन सकेनन त्यो चिन्ताको विषय हो वास्तवमा स्वतन्त्र उम्मेदवारहरुले यसपाली उल्लेखनीय जित हासिल गर्ने देख्छु ,आजको युवाको आकांक्षा अहिलेका दलहरुले समात्न नसकेको साचो हो । स्वतन्त्रहरु बाट दलहरुले शिक्षा लिनु पर्ने देख्छु  नेताहरुलाई किन स्वतन्त्र जन्मिन्छन भन्ने कुरा अध्ययन गर्न आग्रह गर्छु ।

तपाई गोर्खामा अखिलको वरिष्ठ उपाध्यक्ष समेत रहेका आरसी लामिछानेलाई उठाउनु पर्छ भन्नुहुन्छ तर एमालेले युवा उठाउला जस्तो त  देखिदैन नी ?
सरसर्ती हेर्दा त छैन बुढा नेताहरु धेरै छन के ( हा हा ह )  छोड्दै छोड्दैनन  तर मतदाताहरुलाई आकर्षित गर्न नयाँ सोचलाई स्थान दिन पनि युवाहरुलाइ टिकेट दिनै पर्छ !अहिले टिकेट दिईएन भने अहिले युवा भनिएकाहरुको राजनीतक हत्या हुनेछ ,नेताको रुपमा स्थापित हुन उ हारोस या जितोस चुनाव लड्नु पर्छ यसपाली एमालेले कमसेकम जहाँ जहाँ हार्ने कन्फर्म छ त्यहाँ त्यहाँ युवा नयाँ अनुहार उठाओस भन्ने प्रस्ताव छ मेरो , सुनिता बराल कमरेड लगायतलाइ टिकेट दिदा पार्टी राजनीतिमा लागेका युवालाई मोटीभेसन पनि हुन्छ र युवाहरुलाई टिकाइ राख्न पनि सजिलो हुन्छ  नत्र भूमिका र भविष्य नदेखे पछी युवाहरु अन्यत्र लाग्छन ।

 तपाईलाई कोको युवाहरु तत्काल टिकेट पाउन भन्ने लाग्छ ?

यसको लिष्ट लामो हुन सक्छ  अनेरास्ववियु अध्यक्ष सुनिता बराल दिदीले पनि उम्मेद्वारी दिनी रे भन्ने मैले समाचार पढे सायद उहाँ उठ्नु हुन्छ होला । पार्टीले उहाँलाइ टिकेट देओस भन्ने सुझाव छ मेरो हाल विद्यार्थी राजनीतिमा उहाँ जतिको
प्रभावशाली नेता अरु कोहि छैन , यत्रो संगठन हाकेको नेता हो  टिकेट त दिनै पर्छ अहिले उहाँलाइ टिकेट नदिदा एकदम ढिलो हुन्छ  स्वतन्त्रका युवाले जित्ने पार्टी भित्रका युवाले टिकेट पनि नपाउने स्थति नहोओस  अरु टिकेट पाउनु पर्ने युवाहरुमा  नेता कमरेडहरु ऐन महर , आरसी लामिछाने , मोति बिक महेन्द्र , उषाकिरण तिम्सेना, कमल गौतम , देवराज पोखरेल, देवी वाग्ले , गोपाल राना , कुमार थापा मगर , विष्णु रिजाल , टिका मंग्रानती, सुनिता अधिकारी , यम पाण्डे , सुमन गिरि लगायत धेरै जना हुनु हुन्छ  मैले नचिने पनि धेरै युवाहरु हुनुहुन्छ जसलाई यसैपाली टिकेट दिईनु पर्छ ।