काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका केही अधिकारीहरूको सरुवा गरेको छ। दुई एसपी, दुई डीएसपी र पाँच इन्स्पेक्टरको सरुवा भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेत सरुवा भएको छ।
एसपी भुवनेश्वर तिवारीको भने नवलपरासी पूर्वमा सरुवा भएको गृहमन्त्रालय स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ। पाँचथरमा कार्यरत राकेश थापाको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। त्यस्तै नेपाल प्रहरी शसस्त्र प्रहरी गण नक्सालमा कार्यरत इन्स्पेक्टर गायत्रीराज शर्मा इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा सरुवा भएर गएका छन्।
आँबुखैरेनीका इन्स्पेक्टर निरज डाँगीको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ प्रशासन शाखा नक्सालमा सरुवा भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनमा कार्यरत इन्स्पेक्टर सुरेन्द्र विक्रम बर्तौला इलाका प्रहरी कार्यालय अमलिया दाङमा सरुवा भएका छन्। इलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत नरेश विकको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ।



















