गगन थापालाई निर्वाचन आयाेगले किन साेध्याे २४ घण्टे स्पष्टीकरण?

काठमाडाैं । निर्वाचन आयोगले काठमाडाैं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उमेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आफ्नाे निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले सामाजिक सञ्जालमा ट्विट गरेको उजुरीको आधार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगले जनाएकाे छ ।

थापाले डेंगी परीक्षण तथा परामर्श सेवासम्बन्धी ट्विट गरेका थिए । आयाेगले थापालाई ‘ट्विट गरेको होइन भन्ने आधार र कारण के छ ? कारबाही किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको छ ।