चक्लेट र बिस्कुट दिन्छुभन्दै ६ वर्षीया बालिका बलात्कार गर्ने ७० वर्षीय वृद्ध पक्राउ

बझाङ । बझाङमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ घर भएका ७० बर्षिया एक बृद्धले ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसथाथीभेरा –२ का ७० बर्षिय धनगिरी सार्कीले गत भदौ ९ गते बालिकालाई आफ्नै घरमा ललाई फकाई करणी गरेका हुन् ।

उनले बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पीडित बालिकाको आरोप छ । बालिकाको आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा लिएर करणी गरेको बताइएको छ ।

ती आरोपित ७० बर्षिया बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।