विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन्।

यी दुई टोलीबीचको खेल राति पौने १ बजे लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारमा स्थान बनाएको हो।

दोस्रो सेमिफाइनल खेल भने बुधबार राति हुनेछ। राति पौने १ बजे नै अल बायात स्टेडियममा हुने खेलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने पुस ३ गते अर्थात् आगामी आइतबार हुनेछ।