काठमाडौंका महानगरपालिकाका एसपी पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिएपछि…

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिएका छन् ।

काठमाडौं महानगरपालिकाले आईतवार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए ।

निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरित काम गर्न महानगरका प्रतिनिधिलाई आग्रह गर्दा नगरप्रहरी प्रमुख पाण्डेले गाडीमा आगो लगाउनु भन्दै उत्तेजकप्रेरित अभिव्यक्ति दिएका थिए ।

उनले महानगरको सवारी नै जलाउन चाहे पनि जलाउनुस् भन्दै भीडलाई थप उत्तेजित बनाएपछि अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो ।

महामनगरप्रहरी प्रमुख पाण्डेले निजी जग्गामा समेत पार्किङका लागि नक्शा पास गरेको हुनुपर्ने जस्ता अपाच्य अभिव्यक्ति दिए ।

उनले निजी ठाउँमा केही पनि गर्न नपाइने जस्ता अभिव्यक्ति दिएका थिए जसमा आम सर्वसाधारणहरुले बिरोध जनाएका थिए ।