प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। मोदीले ट्विट गर्दै प्रचण्डलाई शुभकामना दिएका हुन्।

‘नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा न्यानो बधाई छ। भारत र नेपालबीचको मौलिक सम्बन्ध सघन सांस्कृतिक सम्पर्क र जनस्तरको न्यानो सम्बन्धमा आधारित छ। यो सम्बन्धलाई अझ सुदृढ गर्न तपाईँसँग मिलेर काम गर्न आतुर छु,’ मोदीले भनेका छन्।

यसअघि उत्तरी छिमेकी चीनले प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिएको थियो। प्रचण्ड सात दलको समर्थनसहित आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका हुन्।