नारायणकाजीले भौतिक पूर्वाधार मन्त्रालय पाउने

काठमाडौं । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो।

त्यस्तै तीन उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ लिनेछन् ।