काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर नगएको बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका केही समस्या गम्भीर पनि रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको बताए ।
अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने उनको भनाई छ । उनले अहिलेको अवस्थामा निजी क्षेत्रले बेहोरिरहेको समस्याप्रति सरकार संवेदनशील रहेको बताए ।
अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि पनि पौडेलले उल्लेख गरे। अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारका समस्या सरकार भएर हेर्नुपर्ने बताए ।


















