काठमाडाैं । काठमाडौंकाे पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने गुडिरहेको टेम्पोमा आगलागी भएकाे छ।
बिहान ७ बजे आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ।
टेम्पोमा आगो लागेपछि मैतीदेवीमा मानिसहरू पनि भेला भएका थिए। स्थानीय मानिस र दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ।
टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको प्रहरीले अनुमान गरेकाे छ।


















