काठमाडौँ। ललितपुर महानगर घरेलु प्रदर्शनी आजदेखि सुरु हुँदैछ। ललितपुर महानगरपालिकाको सहयोगमा नपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर समितिको आयोजनामा प्रदर्शन हुन लागेको हो। नेपाली उत्पादनको प्रदर्शनी भन्ने नाराका साथ पुस १५ र १६ गते कार्यक्रम हुन लागेको हो।
कार्यक्रम महानगरको पूर्वी प्रांगणअन्तर्गत पोखरी भएको ठाउँ नजिकै हुँदैछ। प्रदर्शनी समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी ललितपुर जिल्लासँगै नेपालभर रहेका लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा कार्यरत उत्पादक, बजार प्रवर्द्धक, निर्यातकर्ता एवम् सेवा प्रदायक कम्पनी/ संस्थाहरू लाभ उठाउन सक्ने बताएका छन्।



















