तापक्रम बिस्तारै बढ्न थालेको छ। यस क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ।
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। हिजो उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।
‘अब तापक्रम धेरै घट्दैन, बिस्तारै बढ्ने क्रममा छ’, मौसमविद् अधिकारीले भने।


















