काठमाडौं । धादिङको दक्षिणी क्षेत्रमा लगाइएको अवैध अफिम खेती प्रहरीले फँडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको लागुऔषध (गाँजा, अफिम) नष्ट गर्ने अभियान अन्तर्गत शनिबार २१५ रोपनी जग्गामा लगाइएको अफिम खेती फँडानी गरिएको हो ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१ स्थित सिमटार, जरुङ, बगरखोले, पैनटार, चिम्वाङलगायतका ठाउँहरुमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
६७ जनाको संयुक्त टोलीले अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक युवराज जंग कार्कीले जनाएको छ ।
मकवानपुर जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा अफिम, गाँजाखेती हुने गरेको छ ।


















