इसाईहरुको इस्टर महोत्सव, काठमाडौंमा शक्ति प्रदर्सन

इसाइहरुको दोस्रो महान पर्व इस्टर इसाइहरुले विश्वब्यापी रुपमा विभीन्न ठाउँ र मण्डलीहरुमा भेला भई उनीहरुको आस्था अनुसार “यशु ख्रीष्टको” आरधना गरी मनाएका छन् । यसैगरी काठमाडौंको भृकुटीमण्डपमा सहभागी हुनको निम्ती उपत्यका भित्रका तिनवटै जिल्ला ललितपुर, भक्तपुर,काठमाडौका विभीन्न ठाउँमा आर्क बनाइ भृकुटीमण्डपमा विसौं हजार इसाईहरु भेला भई “प्रभु यशु ख्रीष्टको ”वौरी उठाइको सु–सन्देशको शुभकामना आदान प्रदान गर्दै मनाएका छन् । उक्त कार्यक्रम भब्य र सब्य र अनुशासीत बानउनको निम्ती प्रसस्त रुपमा भोलेन्टरहरुलाई विभीन्न जिम्मेवारी दिई खटाईएको थियो ।

सुरुको कार्यक्रम प्राथना सहित नेपाली राष्ट्रिय गान गाएर सुरु भएको उक्त कार्यक्रममा बरीष्ठ धर्मगुरुहरुले शुभकामना दिएका थिए भने , बेलोनको ठुलो गुच्छा उडाएर सामुहिक रुपमा पनी शुभकामना दिएका थिए ।विशेष गरी कार्यक्रम अवधिमा आरधना, भजन कोरसहरु गाउँदै वचनको सेवकाई गर्दै विशेष गरी देशको लागी प्राथना गरीएको थियो भने पास्टरहरुले सम्बोधन गरेका थिए ।

सहभागीताको हिसाबले हेर्दा उक्त कार्यक्रममा वृद्द– वृद्दा, बयस्क, युवा, बालबालीका सबै तप्का र उमेरकाहरुको सहभागीता रहेको थियो । यो दृष्य हेर्दा नेपालमा इसाई धर्मालम्वीहरु धेरै अनुपातमा रहेको अनुमान गर्न सकिन्छ , भने बक्ताहरुले पनी यसैलाईआधार मान्दै सरकार समक्ष विभीन्न मागहरु पनी राखेका थिए । विशेष गरी अन्तीम दफन कार्यको लागी जमीनको उपलब्धता, राजनितीक रुपमा प्रतीनीधीमुलक उपस्थीतीको लागी ब्यवस्था, विश्वास (धर्म ) को अनुशरण र अभ्यासको सुनीस्चतता, र गैरन्यायिक प्रताडीत क्रियाकलापको अन्त्यको माग राख्दै अन्तीम प्राथना सहित कार्यक्रम समापन भएको थियो ।