सरकारी स्वामित्वका १९ संस्थान घाटामा

काठमाडौं,  १४ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् ।

आईतबार राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण २०७९—८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै उनले सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा रहेको जानकारी दिएका हुन् ।

‘सरकारी लगानी रहेका ४४ मध्ये २५ संस्थान नाफामा छ । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । नेपाल सरकारले ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ । ’

सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको उनले जानकारी दिए ।