काठमाडौं, जेठ २१ । नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ ।
आईतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।
उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई सहज हुने अपेक्षा लिएको बताए ।
‘हाम्रो बोर्डरमा इण्डियाबाट नेपाल आउने पर्यटनहरुलाई पे मेन्टको समस्या छ । नेपालबाट ईन्डिया जाने विद्यार्थीहरुलाई,तीर्थ यात्रुहरुलाई अप्ठेरो थ्यो । त्यसमा अब यो अन्तर देशीय डिजिटल कारोबारले सहज पुग्ने छ । यसको लागि हामी थप हामेवर्क गर्ने छौं । ’
उनले राष्ट्रको लागि निकै नै महत्वपूर्ण भएको र यसलाई निरन्तरता दिन आफुहरु होमवर्कमा लाग्ने बताए ।


















