प्रधानमन्त्री दाहालले महालेखा परिक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं, जेठ २६ । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज (शुक्रवार) पनि बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखा परिक्षकको ६०औं वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

बैठक बिहान ११ बजेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री दाहालले “महालेखापरीक्षकको साठिआँै वार्षिक प्रतिवेदन २०७९” पेश गर्ने तथा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतम द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले धारणा राख्ने क्रम आज पनि सदनमा जारी रहने भएको छ ।