आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं, जेठ ३० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठूलो गोलभेँडा ३०, भारतीय प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ७ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ५०, मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ३०, राजमा सिमी ८०, भटमासकोशा १४०, मटरकोशा १८०, तितो करेला ४०, लौका ६०, परवल लोकल ६०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ३०, घिरौंला ५०, भिण्डी ५०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरीलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०, दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १३०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।