८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असार ६ । नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबि सुुन आज घटेर १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।