वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनमा रहदैन : कांग्रेस सभापति देउवा

काठमाडौं, असार १०। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान छाता ऐनमा नरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिष्ठानलाई छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउन पर्ने माग सहित काठमाडौ पुगेको सर्वदलीय टोलीसँगको भेटमा सभापति देउवाले प्रतिष्ठान छाता ऐन नरहने विश्वास दिलाए ।

वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै देउवाले भने –तपाईंहरूको माग पूरा भईसक्यो , तपाईहरू ढुक्क हुनुहोस प्रतिष्ठान छाता ऐनमा जादैन ।

सभापति देउवाले प्रतिष्ठानलाई पूर्ण विश्विवद्यालय बनाउन आफु सकारात्मक रहेको समेत वताए ।

यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ प्रतिष्ठानमा देखिएका कानूनी समस्या समाधान गर्न आफू लागि पर्ने वताए । प्रतिष्ठानलाई छाता ऐनमा नराख्ने वताउदै उनले भने –  प्रतिष्ठानको विकासमा अवरोध पुग्ने खालका ऐन भए त्यसलाई समाधान म पूर्णरूपमा लाग्ने छु ।

सभापति देउवा र कानून मन्त्री गुरुङलाई समितिका संयोजक मुक्सामहाङ मेयाङ्वो, पुर्व मेयरहरू तिलक राई र मनोज मेयाङवो, एमाले नगर ईन्चाज नारायण सुवेदी , कांग्रेस नगर सभापति श्याम पोख्रेल , जसपा नगर अध्यक्ष ताजुव लिम्बू , नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ ,कोशी प्रदेश संसद मिना श्रेष्ठ , काग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाईएको थियो ।