२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ,असार १५ । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम छ ।