काठमाडौं, असार १६ । मूलपानी तेक्वान्दो डोजाङकी प्रगति कुइकेल पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।
शनिवार कोटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ३८ केजीमा प्रगतिले चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरेकी हुन् । कोटेश्वरकी अन्सु योञ्जन तथा सुसंस्कारकी म्यारिका शाह तेश्रो भएका छन् ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको महिला २१ केजीमा सुन्दरीमाइकी पुनम घिमिरे, २८ केजीमा नवजीवनकी रोशनी आचार्य, ४६ केजीमा चन्द्रागिरीकी खुस्बु लिम्बू, ५२ केजीमा कोटेश्वरकी रिमा खत्री, २४ केजीमा हेटौंडाकी माधवी घलान, ३३ केजीमा कोटेश्वरकी सुरक्षा केसी, ४३ केजीमा सुशंस्कारकी सुमिना वाइबा र ४९ केजीमा कोटेश्वरकी इसिका रानाले पहिलो स्थान हात पारे ।
पुरुष २२ केजीमा रिब्सका रिदम तामाङ, २५ केजीमा सुनसरीका प्रज्ज्वल तामाङ, ३१ केजीमा चन्द्रागिरीका समिर ठाकुर, २८ केजीमा सुन्दरीमाइका विशाल तामाङ र ३४ केजीमा मूलपानीका भिजन तामाङले स्वर्ण जितेका छन् ।
मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगिताको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री नेपाल खेलकुद महासंघका इन्र्चाज कर्णबहादुर थापाले तेक्वान्दो खेल सामाग्री जुरी गणेश जिम्मा लामा लाई हस्तान्तरण गरी उदद्याटन गरे ।
कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ, नेपालका अध्यक्ष एंब अन्र्तराष्ट्रिय निर्णायक हिराबहादुर थापाले गरेका थिए । दुईदिनसम्म सन्चालन हुने प्रतियोगितामा गेरोगीतर्फ २० र पुम्सेतर्फ २ गरी कुल २२ स्वर्ण पदकका लागी ३१ वटा डोजाङका ३७५ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।


















