युएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता : करण केसीले लिए विकेट

काठमाडौं, असार १७ । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिले विकेट लिएको छ ।

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस जिते पश्चात बलिङ रोजेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । केसीले ओपनर आसिफ खानलाई सुन्य रनमा पेभिलियन पठाएका हुन् ।
६ ओभरको खेल सकिदाँसम्म नेपालले २० रन दिएर १ विकेट लिएको छ ।

गत साता वेस्ट इन्डिजसँग भएको खेलमा रहेका ३ खेलाडी आजको खेलमा परिवर्तन भएका छन् । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद टिममा परेका छन् ।

कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थान तीव्र गतिका बलर प्रतिश जि.शीले लिएका छन् ।
यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो ।

यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ ।

नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।