आजको फलफूल तथा तरकारीको मूल्य : गोलभेडाको मूल्य प्रतिकिलो दश रुपैयाँले बृद्धि

काठमाडौं, असार २० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज गोलभेडाको मूल्य एकै दिन प्रतिकिलो १० रुपैयाँले बढेको छ । नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य मंगलवार ७० रुपैयाँ थियो तर आज त्यो मूल्य बढेर ८० रुपैयाँ पुगेको छ । रातो आलुको मूल्यमा पनि बृद्धि भएको छ । मंगलबार ४४ रुपैयाँ उक्त आलुको मूल्य आज ४५ रुपैयाँमा उक्लेको छ ।

त्यस्तै, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बृद्धि भएको छ । हिजोको मूल्य ४० रुपैयाँ भने आज ५० रुपैयाँ पुगेको छ । लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, मूला रातो ४०, भन्टा लाम्चो ५०, भन्टा डल्लो ७०, मकै बोडी ८०, घिउ सिमी हाइब्रीड ११०, भटमासकोशा १००, तितो करेला ९०, लौका ८०, घिरौला ९०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ । त्यस्तै, रायो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ ।

केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १५०, अनार ४००, आँप मालदह ७०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।