प्रधानमन्त्री दाहालले राजीनामा दिनु पर्दैन : सञ्चार मन्त्री शर्मा

काठमाडौं, असार २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलेको विषयलाई लिएर संसद अवरुद्ध गर्नु असंसदीय चरित्र भएको जिकिर गरेकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले प्रधानमन्त्रीको राजीनामा मागेर बैठक अवरुद्ध गर्नु अचम्मको पक्ष भएको बताइन् ।

उनले भनिन ‘ विपक्षीहरुले प्रधानमन्त्री ज्यूले एउटा पुस्तक विमोचनमा बोलेको कुरालाई लिएर संसद भित्र राजीनामाको माग गरेर बैठक अवरुद्ध गर्नु भएको छ । त्यस्ले गर्दा मिटर व्याज सम्बन्धि अध्यादेश निष्क्रिय हुन पुगेको छ । यो विषय नै त्यस्तो होईन कि जो राजीनामा दिनुपर्ने । ’

मन्त्री शर्माले अर्थमन्त्रालयको प्रस्तावमा भन्सार सुधार कार्य अन्तर्गत एशियाली बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलीयन अमेरिकी डलर बराबरको सहुलियपूर्ण क्रृण स्वीकार गर्ने मन्त्रिपरिषद्ले गरेको जानकारी दिइन् । यस्तै राजमार्ग सुधार गर्नको लागि एशियाली बैकबाट परियोजना सहायताको रुपमा ३०० मिलीयन अमेरिकी डलर सहुलयित पुर्ण क्रृण सहायता पनि स्वीकार गर्ने गर्ने निर्णय गरेको जानकारी पनि उनले दिइन् ।