सुन चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, असार २२ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य घटेको छ ।

यो साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिवार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।