काठमाडौं, असार २९ । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग बराबरी खेलेको छ ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको इन्ज्युरी समयमा सावित्राको गोलमा नेपाल हारबाट जोगिएको हो ।
त्यसअघि खेलको ६५ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।


















