प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबलको पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाडौं, असार ३० । टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि चुमेको छ ।

शनिबार भएको फाइनलमा हेल्प नेपालले ३—१ को सेटमा पुलिसलाई पराजति गर्दै च्याम्पयिन बनेको हो । योसँगै हेल्प नेपालले ६ लाख रुपैयाँसहित ट्रफि हात पारेको छ ।
उपविजेता पुलिसले ३ लाख मै चित बुझाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५—१८ को जित हात पारेको हो ।

आजै भएको फाइनलमा महिलातर्फ भने एपएिफ क्लबलाई ३–१ को सेटमा हराएउँदै पुलिसले उपाधि चुमेको छ । च्याम्पयिन पुलिसले ६ लाख र एपएिफले ३ लाख प्राप्त गरेका छन् ।