काठमाडौं,साउन १२। चीनको हाङ्झोउमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले २९ खेलमा सहभागिता जनाउने भएको छ । सेप्टेम्बर २३ अर्थात असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन एसियाडमा २ सय ३४ नेपाली खेलाडी सहभागी हुनेछन् ।
उक्त प्रतियोगितमा पहिलो पटक नेपालबाट महिला फुटबल टोली सहभागि हुनेछ । नेपाली महिला फुटबल टिम समूह डी मा परेको छ । उक्त समुहमा नेपालका अतिरिक्त बंगलादेश, भियतनाम र जापान छन् ।
त्यस्तै, समूह एमाचीन, उज्बेकिस्तान, मंगोलिया, समूह बीमा चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत, समूह सीमा उत्तर कोरिया, सिंगापुर, कम्बोडिया र समूह ईमा दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार छन् ।
एसियाली खेलकुदका लागि रु २१ करोड रकम विनियोजन गरिसकेपनि राष्ट्रिय खेलकुद परिषद्ले २४ करोड माग गर्दै आएको छ ।
यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने कार्यक्रम थियो ।तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औं संस्करणमा सहभागी हुन४५ राष्ट्रका १२ हजार ५ सय खेलाडीले नाम दर्ता गराएका छन् । एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङका करिव ६ सय खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि हेइजाङका पाँचवटा सहआयोजक सहरमा ५४ वटा खेलस्थल तयार पारिएको छ । एसियाडका खेलहरू हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् । उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ ।


















