काठमाडौं,असोज,१२ । अबिर डिजाइन हब र नेपाल घरेलु तथा साना उद्योग महासंघ महानगर समितिले व्यापारीक मेला गर्ने जानकारीको लागी सयुक्त रुपमा प्रेस बिज्ञप्ती निकालेको छ। दुबैको उदेश्य घरेलु उत्पादन, प्रबर्द्धन र संरक्षण गर्ने रहेको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको व्यापार प्रबर्द्धन प्रदर्शन एवम् स्तरोन्नतिको लागि गर्दै आएको व्यापारीक मेला प्रदर्शनीलाई निरन्तरता दिदै आएको छ।
स्वदेशी उत्पादन स्वदेशमा खपत गरौ स्वदेशी उत्पादन प्रयोग गर्ने बानी बसालौ तथा स्वदेशी उत्पादनलाई स्वदेश तथा बिदेशमा चिनाउनको लागि ललितपुर महानगरको सहकार्यमा ललितपुर महानगरको प्राङ्गणमा हरेक हफ्ता हुँदै आइरहेको प्रदर्शनी फेरि शुरु हुन गैरहेको छ। बर्षादको मौसम वातावरण अनुकुल नहुदाको अबस्थामा केही समयको लागि स्थगित गर्नु पर्ने भए पनि मौसम सफा भए सङै असोजको दोस्रो हफ्तादेखि हरेक हफ्ता शुक्रबार र सनिबार हुने प्रदर्शनी सुरु हुन गैरहेको छ।
प्रदर्शनीलाई कसरी प्रभावकारी र रोचक बनाउने भन्ने बिषयमा महासंघ महानगर समिति अध्यक्ष एवम् महासंघ महानगर समिति परिवार लागि परेको नेपाल घरेलु तथा साना उद्योग महासंघ महानगर समिति अध्यक्ष ललितपुरका शैलेन्द्र श्रेष्ठ बताउछन। यस पटक महासंघको प्रदर्शनीमा अबिर डिजाईनर हबले पनि सहकार्य गर्ने भएको छ। अबिर डिजाईनर हब एक पाेशाक ब्रान्ड हो।
नेपाली प्राकृतिक रेसाबाट निर्मित कपडा हरूकाे पुन प्रयोग गरि लुगा तथा अन्य सामाग्री डिजाईन गर्ने तथा उत्पादन गरि बेचबिखन गर्ने कम्पनी हो । कोभिट 19 तथा लकडाउनको कारणले गर्दा लघु घरेलु तथा साना व्यवसायी सिपकर्मिहरू हतोत्साहि भएको अबस्थामा उनिहरुको मनोवल उत्थान गर्ने उदेस्यले सन् २०२१ देखि ( Abir Artistan Fest ) संचालन गर्दै आएको थियो। यस कार्यक्रमको तीन सफल संस्करण पछि यस पटककाे सस्करण अझ भब्यताका साथ प्रस्तुत गर्ने हेतुले ललितपुर महानगर भित्रका लघु घरेलु तथा साना उद्यम व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर महानगर समिति (Fncsi,Lmc) संगको संयुक्त आयोजनामा हातेमालो गर्दै पुर्ण तयारिका साथ अगाडी बढ्ने उदेश्य रहेको प्रेस बिज्ञप्ती मा उल्लेख गरिएको छ।
घरेलु महोत्सव cottage festival बिस्तृत रुपमा फिजाउदै जाने उदेश्य रहे अनुरुप ललितपुर महानगर र मोफसलका क्षेत्रमा बिस्तार गर्दै जाने योजनालाइ मुर्त रुप दिन साझेदारी कार्यक्रमको रुपमा अबिर आटिसन फेस्ट (Abir Artisan Fest) मार्फत सुरुवात गरिएको छ। यस्ता कार्यक्रमहरुमा सहकार्य गर्दै जान सहज हुने अपेक्षाका साथ नेपालमा निर्मित बस्तु तथा सेवाहरुको प्रबर्द्धन विविधिकरण तथा बिकासमा सहयात्रीकाे भुमिका निभाउन सक्ने आशा एवम् बिस्वास आयोजकले गरेका छन् ।


















