धादिङ केन्द्रबिन्दु भए भूकम्प

काठमाडौं,मंसिर २४ । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएका जानकारी दिएको छ ।

काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ । जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ ।