नेपाल एसिया कपका लागि पनि छनोट

काठमाडौं । यु १९ नेपाली महिला टोली विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ ।

युनाइटेड अरब इमिरेट्स(युएई) लाई बुधवार ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो ।

विश्वकपका साथ नेपालले अर्को महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट भएको हो ।

मंसिर ३० देखि पुस ७ गते सम्म मलेसियामा आयोजना हुने यु १९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा भारत र पाकिस्तानसँग छ । समूह ‘ए’ श्रीलंका, बंगलादेश र आयोजक मलेसिया छन् ।