काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२स्१५ बजे सुरु हुनेछ ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ ।


















