काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको काठमाडौँैमा बयान सकिएको छ ।
शुक्रबारदेखि शुरु भएको उनको बयान आज सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको छ ।
आज काठमाडौमा बयान सकिएकाले भोलि लामिछानेलाई पोखरा पठाइने जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
पोखराबाट फेरि अर्को बयानका लागि उनीलाई चितवन पठाइने छ ।


















