चितवन राइनोज सामु पोखरा एभेन्जर्सको लज्जास्पद हार

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग लज्जास्पद हार व्यहोरेको छ। चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ७४ रनमा नै अलआउट भएको हो।

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।