आइतबार सुन ताेलामा ११ सय बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।