आज सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेको हो ।

मूल्य स्थिर रहँदै सुन आन तोलाको १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।