भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन, सात दिन राष्ट्रिय शोक

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।

मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए । उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।

भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ गरिने छ।

अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।